एसइई परीक्षामा चिट चोराउने २ जना नियन्त्रणमा

प्रकाशित मिति: ६ चैत्र २०८१, बिहीबार १७:०९


काठमाडाैं, चैत ७ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा जारी एसइई परीक्षामा चिट चोराउने र सहयोग गर्ने दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायकाअनुसार रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मीनिया मावि मौलापुरमा चिट पुर्‍याउने एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरूलाई अदालतबाट अनुमति लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एसइईको पहिलो दिन मधेश प्रदेशका रौतहट, धनुषालगायतका जिल्लामा परीक्षाको मर्यादा भङ्ग भएका भिडियो र तस्वीरहरू नै सार्वजनिक भएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....