एसइई परीक्षामा ह्वाट्स एपमार्फत् चिट चोराउने दुई निरीक्षक पक्राउ

प्रकाशित मिति: ७ चैत्र २०८१, शुक्रबार १०:३५


काठमाडाैं, चैत ८ ।
बारामा एसइई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कलैयाको पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रूपमा खटिएका सौरभ रहेका छन् ।

‘साथी’ नामक ह्वाट्स एप ग्रुपमार्फत् परीक्षार्थीलाई चिट चोराइरहेका बेला उनीहरू रंगेहात पक्राउ परेका हुन् । रञ्जु र सौरभले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।

अधिकारीकाअनुसार ‘साथी’ नामको ह्वाट्स एप ग्रुपमा निरीक्षकले प्रश्न पत्रको फोटो खिचेर राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गरेका थिए ।

आज शुक्रबार ह्वाट्स एपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । ह्वाट्स एप ग्रुपमा प्राप्त हुने उत्तर शिक्षक रञ्जु कुमारीले सोही सेन्टरबाट एसइई परीक्षा दिइरहेकी आफ्नी छोरीलाई सार्न दिने गरेको पाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....