राप्रपा नेपालका प्रवक्ता अधिकारीकाे उपचारकाे क्रममा मृत्यु

काठमाडाैं, चैत ८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको संयुक्त अधिराज्य अमेरिकामा उपचारका क्रममा निधन भएको छ । प्रखर राष्ट्रवादी व्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपुरणीय क्षति पुगेको राप्रपा नेपालले जनाएको छ ।
एक असल, भद्र तथा इमानदार व्यक्तित्वको परिचय स्थापित गरेका अधिकारीको जन्म वि.सं. २०१३ सालमा संखुवासभामा भएको थियो ।
अधिकारीको निधनमा दुःख प्रकट गर्दै पार्टीले केन्द्रीय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन पार्टीको झण्डा झुकाउने र १३ औँ दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ । स्वर्गीय अधिकारीको पार्थिब शरीरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ ।
प्रतिक्रिया