शिक्षकहरूको आन्दोलन १६ औँ दिनमा थप आक्रामक बन्दै

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहीबार १४:४५


काठमाडाैं, बैशाख ४ ।
शिक्षकहरूले गएको १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई निरन्तर रूपमा जारी राखेका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ ।

जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ । नयाँ शैक्षिक सत्रको सुरु भए तापनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । काठमाडौं उपत्यकाको सवारी आगमनमासमेत समस्या भइरहेको छ ।

१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज बिहीबार पनि जारी राखेका छन् । बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद् बैठक आब्हान गरे पनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन बैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....