देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, यातायात र उडान प्रभावित

काठमाडौं, बैशाख ४ ।
मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा पनि असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाको सुझाव रहेको छ ।
महाशाखाले यतिबेला अर्घाखाँची, गुल्मी, प्युठान, बर्दिया, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायत कर्णाली बाहेक सबै प्रदेशका विभिन्न जिल्लाहरूमा चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको जनाएको छ ।
देशैभरी पहाडी क्षेत्रका केही ठाउँहरूमा र बाँकी भू-भागका थोरै ठाउँहरूमा पानी पर्न सक्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया