सुतिरहेकै अवस्थामा एक नेपालीको कोरियामा मृत्यु

प्रकाशित मिति: १६ बैशाख २०७४, शनिबार ०६:४४


खोटाङ, बैशाख १६ ।
दक्षिण कोरियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । खोटाङको खोटेहाङ–५ चिप्रिङका ३१ वर्षीय कल्याण राई कोरियाको खङजुस्थित अपार्टमेन्टमा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन् ।

बैशाख २९ गते घर फर्कन लागेका राई बिहीबार मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् ।

पाँच वर्षअघि रोजगारीका लागि कोरिया पुगेका राईको मृत्युको कारण खुल्न सकेको छैन । शव नेपाल ल्याउने पहल भइरहेको जनाएको छ ।
आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

देउतीबज्यै मन्दिरकी पुजारी घाँटीमा पासाे लगाएकाे अवस्थामा मृत फेला

काठमाडाैं, कार्तिक २८ । सुर्खेतको देउतीबज्यै मन्दिरकी पुजारी मृत फेला अवस्थामा फेला परेकी.....