ज्ञान महायज्ञमा सांसद जोशीद्वारा बीस लाख रुपैयाँ सहयोग

प्रकाशित मिति: १६ माघ २०७३, आईतवार ०९:२८


पर्वत, माघ १६ ।
शनिबारदेखि दक्षिण पर्वतको रानीपानीमा सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सवमा सांसद् अर्जुनप्रसाद जोशीले रु. २० लाख २५ हजार सहयोग प्रदान गरेका छन् ।

उक्त महायज्ञ यहीँ माघ २२ गतेसम्म सञ्चालन हुनेछ भने स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

विकट गाउँका विपन्न विद्यार्थीहरूलाई पठन–पाठनमा सहयोग पुगोस् भन्ने हेतुले आफूले सो रकम सहयोग गरेको महायज्ञ उद्घाटनपछि सांसद् जोशीले बताए । महायज्ञको सांसद् जोशी र क्षेत्र नं. २ का सांसद् विकास लम्सालले संयुक्त रूपमा गरेका हुन् ।

त्यस्तै सांसद् लम्सालले पनि विद्यालयमा स्नातक तह र प्राविधिक शिक्षाका लागि आफूले सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उच्च शिक्षा अध्ययन गर्न गाउँभन्दा बाहिर जान बाध्य दक्षिण क्षेत्रका विद्यार्थीहरूलाई उच्चस्तरको शिक्षा गाउँमै दिने उद्देश्यले विहादी क्याम्पसको सञ्चालन गर्ने र नेपाल तारा मावि रानीपानीमा सञ्चालित प्राविधिक शिक्षालाई देशकै उत्कृष्ट प्राविधिक शिक्षालयका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो ।

महायज्ञमा युवा पण्डित भागवत भाष्कर दिनबन्धु पोखरेलले प्रवचन दिएका छन् । उक्त महायज्ञबाट करिब रु. पाँच करोड सङ्कलन गर्ने उद्देश्य रहेको प्रचार–प्रसार संयोजक अनिल मास्केले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....