साफ फुटबलअन्तर्गत सेमिफाइनलमा नेपाल र भारत भिड्ने

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार ०४:०४


काठमाडौं, पुस १७ ।
साफ महिला फुटबलअन्तर्गत भारतको सिलगुडीमा जारी रहेको महिला साफ च्याम्पियनशीपको सेमिफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

यसअघि लगातार तीन पटक नेपाल र भारतबीच फाइनलमा भेट भएको थियो । त्यसमा तीनै पटक भारत विजयी भएको थियो । तर यसपटक भने समूह ‘बी’ को अन्तिम खेलमा शनिबार आयोजक भारतलाई बंगलादेशले गोलरहित बराबरीमा रोकेपछि गोलअन्तरका आधारमा भारत समूहको उपबिजेता बन्दै समूह ‘ए’ को बिजेता नेपालसँगको भेट सेमिफाइनलमा निश्चित भएको हो ।

तीन टीम सहभागी समूह ‘बी’ मा अफगानिस्तानविरुद्ध भारतले ५–१ र बंगलादेशले ६ विरुद्ध शून्य गोलले जित हात पारेका थिए । समूह ‘ए’ मा रहेको नेपालले भने समूह चरणमा भुटानलाई ८ विरुद्ध शून्य, माल्दिभ्सलाई ९ विरुद्ध शून्य र श्रीलंकालाई १ विरुद्ध शून्य गोलले पराजित गरेको थियो ।

समूहको दोश्रो स्थानको माल्दिभ्सले फाइनल पुग्नका लागि बंगलादेशसँग खेल्ने र त्यसमा जसले जित हात पार्छ त्यसपछि साफ वुमेन्स च्याम्पियनशीपको फाइनल खेल्ने तेश्रो टीमको घोषणा हुनेछ । दुबै सेमिफाइनल भोलि सोमबार हुने छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....